काठमाडौ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा आज मतदान भइरहेको छ ।
स्थगित भएकामध्ये नवलपरासीपूर्व जिल्लाको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा आजै मतदान कार्य प्रारम्भ भएको छ भने सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पस र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकास्थित भगवती मावि अर्वेनीमा यही मङ्सिर ६ गते मतदान हुने कार्यक्रम रहेको छ ।
निर्वाचन आयोगले प्रारम्भिक सूचनामा स्थगित भएका मतदानस्थलको सङ्ख्या १५ भनिएकामा आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० मा प्राप्त पछिल्लो अद्यावधिक जानकारीअनुसार चार वटा मतदानस्थलमा मात्र स्थगित देखिएको छ ।
स्थगित भएका १५ वटा मतदानस्थलमध्ये बाजुराका ११ वटा मतदान स्थलमा मङ्सिर ४ गते नै राजनीतिक सहमतिबाट पुनःमतदान प्रारम्भ भई मतदान सम्पन्न भएको छ । स्थगित भएकामध्ये बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा मात्रै पुनःमतदानको मिति तय हुन बाँकी रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







