मनाङमा एमालेका गुरुङको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित




मनाङ । मनाङमा पनि मतगणना जारी रहेको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवारको पछिल्लो मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ ।

एमालेका पोल्देन छोपाङ गुरुङले २ सय ५८ मत सहित अग्रता कायम गरेका छन् भने कांग्रेसका टेकबहादुर गुरुङले २ सय ९ मत सहित पछ्याईरहेका छन् ।

त्यसैगरि प्रदेश सभा ‘क’ तर्फ एमालेका राजनबहादुर गुरुङले २ सय १८ मत प्राप्त गरेका छन् भने कांग्रेसका मुनिन्द्रजङ गुरुङले ९६ मत प्राप्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।