कास्की–३ मा एमालेका बैरागीको झिनो अग्रता, घण्टी पछिपछि


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित




कास्की क्षेत्र नम्बर–३ मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले शुरुवाती अग्रता लिएका छन् । चार सय मत गणना सम्पन्न हुँदा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई २७ मतान्तरले पछि पार्दै अग्रता बनाएका हुन् ।

बैरागीले १ सय ७८ मत प्राप्त गर्दा घण्टीका पौडेलले १५१ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बरालले १२८ मत प्राप्त गरेका छन् ।

कास्की–३ मा ६१ हजार ४ सय १४ मत खसेको छ । १ लाख १ हजार ७ सय १५ मतदाता रहेको यो क्षेत्रमा ६१.७२ प्रतिशत मत खसेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।