कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पौडेलको अग्रता कायमै, एमालेका दामोदरसँग ३६३ मतान्तर


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित




पोखरा । कास्की प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्वर ३ तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

४ हजार १६७ मत गणना हुँदा गोलाकार भित्रको घण्टी चुनाव चिन्ह भएका पौडेलले १ हजार ५९१ मत सहित अग्रता कायम राखेका हुन् । उनलाई नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ले १ हजार २२८ मतसहित पछ्याई रहेका छन् । योगराज र दामोदरविचको मतान्तर ३६३ छ । नेकपा माओवादी केन्द्रका रामजी प्रसाद बराल जीवनले ६१२ मतसहित तेश्रो स्थानमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जगत प्रसाद सुबेदीले ३१९, जनता समाजवादी पार्टी नेपालका हितकाजी गुरुङले ७१ मत ल्याएका छन् ।
कास्की ३ मा बदर मत संख्या १६२ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना जारी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।