पोखरा । कास्की निर्वाचन क्षेत्र नम्वर ३ (१) नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङले राप्रपाका केदाननाथ पौडेलसँगको दुरी फराकिलो बनाएका छन् । हालसम्म ४ हजार १६२ मत गणना सकिँदा गुरुङले पौडेललाई ७७० मतान्तरले लिड गरेका हुन् ।
गुरुङले १ हजार ६१९ मत प्राप्त गर्दा राप्रपाका पौडेलले ८४९ मत प्राप्त गरेका छन् । यस्तै माओवादीका दुर्गादत्त भण्डारी ७७२ मतका साथ गुरुङ र पौडेललाई पछ्याई रहेका छन् ।
हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले ६१२, आमुल परिवर्तन मसिहा पार्टी नेपालका मोतीलाल परियारले ३७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म १५४ मत बदर भएको मत गणना जारी रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







