कास्कीको निर्वाचन क्षेत्र नं १ प्रतिनिधसभातर्फको मत परिणाममा नेकपा (एमाले) का मनबहादुर गुरुङले अग्रता लिएका छन्।
निर्वाचन आयोग कास्की कार्यालयको पछिल्लो अपडेटअनुसार गुरुङले २७ सय ५९ मत ल्याएका छन्।
गुरुङका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोरदत्त बरालले २२ सय ९३ मत ल्याएका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले २ सय २० मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले १ सय ८४ मत ल्याएका छन्।
मंगोल नेशनल अर्गानाइजेसनका यज्ञबहादुर गुरुङले १३ मत प्राप्त गरेका छन्।
हाम्रो नेपाली पार्टीका प्रमोद आचार्यले १२ मत प्राप्त गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजका टुकबहादुर सिंजाली, एकीकृत शक्ति नेपालकी सबिना बेगम र आमुल परिवर्तन
मसिहा पार्टी नेपालका शिवप्रसाद अधिकारीले समान २/२ मत ल्याएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







