कास्की ३ (१) मा गणेशमानको फराकिलो अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




कास्की निर्वाचन क्षेत्र नम्बर ३ को १ मा नेकपा एमालेका गणेशमान गुरुङले फराकिलो अग्रता बनाएका छन् । उनले निकटतम प्रतिस्पर्धि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई १ हजार ७ सय १० मतले पछाडि पार्दै अग्रता बनाएका हुन् । एमालेका गुरुङले ३ हजार ८ सय ६६ मत प्राप्त गरेका छन् भने माओवादीका भण्डारीले २ हजार १ सय ५६ मत प्राप्त गरेर पछ्याईरहेका छन् ।

सो क्षेत्रमा राप्रपाका केदारनाथ पौडेलले १ हजार ८ सय २० र हाम्रो नेपाल पार्टीका खिमप्रसाद तिमिल्सिनाले १ हजार ३ सय १४ मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।