कास्कीको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधसभातर्फको मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता कायम राखेका छन्।
निर्वाचन आयोग कास्की कार्यालयको पछिल्लो अपडेटअनुसार कँडेलले २४ सय ३१ मतसहित अगाडि छन्।
कँडेललाई नेकपा (एमाले) की विद्या भट्टराई २२ सय ५७ मतले पछ्याईरहेकी छिन्।
त्यस्तै, ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले १४ सय ३ मतसहित कँडेल र भट्टराईलाई पछ्याई रहेका छन्।
त्यसपछि, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वराज पन्तले १ हजार ८३ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार ऋगेन्द्र गिरीले १ सय ९७, हाम्रो नेपाली पार्टीकी शिरिष गुरुङले १ सय ६९, स्वतन्त्र उम्मेदवार महादेव गुरुङले १ सय ६७, जनता समाजवादी पार्टी नेपालकी बुद्धिकुमारी गुरुङले १ सय २८, मंगोल नेशनल अर्गानाइजेशनका ज्ञानराज गुरुङले ६६, जनमत पार्टीका महेन्द्र शर्माले २४, स्वतन्त्र उम्मेदवार तारानाथ सुवेदीले २१, राष्ट्रिय जनमुक्ति पार्टीका ईश्वरबहादुर रानाले १५, आमुल परिवर्तन मसिहा पार्टी नेपालका गिताबहादुर रोकाले १४ प्राप्त गरेका छन्।
त्यसैगरि, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार राईले ६, नेपाल मजदुर किसान पार्टीका पशुपति प्रजापती र स्वतन्त्र महिला उम्मेदवारहरु गितानाथ र जमुना शर्माले २/२ मत प्राप्त गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







