कास्की–३ प्रदेशसभा (१) मा एमालेका गणेशमानको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




कास्कीको निर्वाचन क्षेत्र नं ३ (१) मा प्रदेशसभातर्फ नेकपा (एमाले) का गणेशमान गुरुङले अग्रता राखेका छन्।

निर्वाचन आयोग कास्की कार्यालयको पछिल्लो अपडेटअनुसार गुरुङले ३ हजार ८ सय ६६ मतसहित अग्रता कायम राखेका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का दुर्गादत्त भण्डारीले २ हजार १ सय ५६ मतले गुरुङलाई पछ्याइरहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले १ हजार ८ सय २० मतसहित गुरुङ र भण्डारीलाई पछ्याई रहेका छन्।

हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाको १ हजार ३ सय १४, मंगोल नेशनल अर्गानाइजेशनका जीवनबहादुर गुरुङले १ सय ९९, आमुल परिवर्तन मसिहा पार्टी नेपालका मोतीलाल परियारले ७३ र स्वतन्त्र उम्मेदवार कोमलप्रसाद शर्मा बास्तोलाले ६१ मत ल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।