तनहुँ–१ मा प्रतिनिधिसभातर्फ काँग्रेस नेता पौडेलको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




तनहुँको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधसभातर्फ हालसम्मको मत परिणाममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता लिएका छन्।

निर्वाचन आयोग तनहुँ कार्यालयको पछिल्लो अपडेटअनुसार वरिष्ठ नेता पौडेल १ हजार ७ सय ६२ मतसहित अगाडि छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १ हजार ३ सय १ मतले पौडेललाई पछ्याई रहेका छन्।

त्यसपछि, स्वतन्त्र राष्ट्रिय पार्टीका विकास सिग्देलको ४ सय ६८ मत छ। त्यस्तै, राष्ट्रिय प्रथातन्त्र पार्टीका विनोदकुमार घर्तीको ३ सय ४६, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको २ सय १५ मत छ।

त्यसैगरी, मंगोल नेशनल अर्गानाइजेशनका प्रेमबहादुर थापाको ५२, राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिमथापाको ४६, हाम्रो नेपाली पार्टीका प्रविन पौडेलको ३०, स्वतन्त्र उम्मेदवारहरु रामचन्द्र कार्कीको १५, पृथ्वीनारायण श्रेष्ठको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेलको ४, नेश्नलिष्ट पिपल्स पार्टीका ताज महमद मियाको ४, जनता समाजवादी पार्टी नेपालका पासाङ थापामगर, नेपाल मजदुर किसान पार्टी रामकृष्ण त्वायना र स्वतन्त्र उम्मेदवार बेलबहादुर दरैको समान १/१ मत छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।