तनहुँ–१, प्रदेशसभा (१) मा काँग्रेसका श्रेष्ठको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १, प्रदेशसभा (१) मा काँग्रेसका अशोककुमार श्रेष्ठले अग्रता कायम राखेका छन्।

निर्वाचन आयोग तनहुँ कार्यालयको पछिल्लो अपडेटअनुसार श्रेष्ठले १ हजार २ सय २४ मतले अग्रता लिएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर गुरुङले ७ सय ७७ मतले श्रेष्ठलाई पछ्याई रहेका छन्।

त्यसपछि, राष्ट्रिय प्रजातन्त्र पार्टीका विवेक न्यौपानेले ४ सय १० मतसहित श्रेष्ठ र गुरुङलाई पछ्याई रहेका छन्।

नेकपा (एकीकृत समाजवादी) का विद्यानाथ ढकालले २ सय ९७ मत ल्याएका छन्। मंगोल नेशनल अर्गानाइजेसनका भीमबहादुर लामाले १ सय ३ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार हरिराज जोशीले ३४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विजयराज शाहीले २३, जनता समाजवादी पार्टी नेपालका अर्जुन गुरुङले २२, मौलिक जरोकिलो पार्टीका चिजकुमार श्रेष्ठले १८ र स्वतन्त्र उम्मेदवार रामबहादुर थापाले १५ मत ल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।