तनहुँ–१, प्रदेशसभा (२) मा साझा गठबन्धनका चुमानको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




तनहुँ–१, प्रदेशसभा (२) मा ५ दलीय साझा गठबन्धनका हरिबहादुर चुमानले दोब्बर अग्रता लिएका छन्।

निर्वाचन आयोग तनहुँ कार्यालयको पछिल्लो अपडेटअनुसार नेकपा (माओवादी केन्द्र) बाट गठबन्धनका साझा उम्मेदवार चुमानले २ हजार ३ मतसहित दोब्बर अग्रता कायम राखेका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर गुरुङले १ हजार १९ मतसहित चुमानलाई पछ्याएका छन्।

त्यसपछि, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गोतामे ५ सय ५० मतसहित तेस्रो स्थानमा छन्।

राष्ट्रिय जनमुक्ति पार्टीका खेमबहादुर गुरुङले १ सय ९४ र नेकपा (एकीकृत समाजवादी) का कलिला खातूनले १ सय ८ मत ल्याएका छन्।

त्यसैगरी, जनता समाजवादी पार्टी नेपालका किसन भुजेलले ६० र मंगोल नेशनल अर्गानाइजेसनका रनबहादुर खवासले ३७ मत ल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।