कास्की १ मा मतान्तर बढाउँदै एमालेका मनबहादुर


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




पोखरा, मंसिर ६

कास्की निर्वाचन क्षेत्र नम्बर–१ म नेकपा एमालेका मनबहादुर गुरुङले मतान्तर बढाउँदै लगेका छन् । उनले निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बरालसँग मतान्तर बढाउँदै लगेका हुन् । एमाले कास्कीका अध्यक्ष गुरुङ र नेपाली कांग्रेस कास्कीका सभापति बराल बीचको मतान्तर ९ सय ९२ को मतान्तर छ ।

गुरुङले हालसम्म ४ हजार २ सय ७९ मत प्राप्त गरेर अग्रता बनाउँदा बराल ३ हजार २ सय ८७ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले ३ सय ६२, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले २ सय १९, मंगोल नेशनल अर्गानाइजेसनका यज्ञबहादुर गुरुङले १५, हाम्रो नेपाली पार्टीका प्रमोद आचार्यले १५ र जनता समाजवादी पार्टी नेपालकी शमिला नेपाली मगरातीले ८ मत ल्याएका छन् ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी समाजवादीकी टुकबहादुर सिंजाली, एकीकृत शक्ति नेपालकी सबिना बेगम, स्वतन्त्र उम्मेदवार सौगात जिसी र आमुल परिवर्तन मसिहा पार्टी नेपालका शिवप्रसाद अधिकारीले समान २÷२ मत ल्याएका छन्।

नेपाल मजदुर किसान पार्टीका राजेन्द्र माक र राष्ट्रिय जनमुक्ति पार्टीकी महिला उम्मेदवार सीता श्रीस मगरले १÷१ मत ल्याएका छन् भने स्वतन्त्रका दिलबहादुर रानाले १ मत ल्याएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।