तनहुँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४१ हजार छ सय ४९ मतगणना सकिएको छ । पछिल्लो सार्वजनिक नतिजाअनुसार कूल खसेको ६८ हजार दुई सय ७१ मध्ये ४१ हजार छ सय ४९ मतगणना सकिएको हो ।
सार्वजनिक परिणामअनुसार वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शङ्कर भण्डारीले १९ हजार दुई सय ३५ मत प्राप्त गरेका छन् ।
प्रतिस्पर्धी नेकपा ९एमाले० का किरण गुरुङले १५ हजार छ सय ९५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले दुई हजार सात सय ५१, राप्रपाका नरेन्द्रप्रताप महतले छ सय ३० मत प्राप्त गरेका छन् ।
प्रदेशसभा–१ तर्फ नेकपा ९माओवादी० केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले छ हजार छ सय ३७ मत प्राप्त गर्दा नेकपा ९एमाले०का श्यामराजा महतले पाँच हजार नौ सय १९ मत प्राप्त गरेका छन् । प्रदेशसभा–२ तर्फ नेपाली कांग्रेसका जितप्रकाश आलेले छ हजार तीन सय ५५ मत प्राप्त गर्दा नेकपा ९एमाले०का केदार सिग्देलले छ हजार एक सय १३ मत प्राप्त गरेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







