राप्रपाले प्रदेशसभाबाट खाता खोल्यो


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौँ क्षेत्र नं २ ९१० मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

उनका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गरेका छन् । केसीले एक हजार पाँच सय १५ मत अन्तरले विजयी भएका हुन् । प्रदेशसभा ‘२’ को पनि मतगणना भइरहेको छ ।

प्रतिनिधिसभाको गणना जारी

प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नं २ को मतगणना जारी छ । अपराह्न ३ बजेसम्म २५ हजार चार सय ४६ मतगना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम सात हजार एक सय ८७ मतका साथ अग्रस्थानमा छन् । नेकपा ९एमाले०का उम्मेदवार मणिराम फँुयालले पाँच हजार चार सय ९० मत ल्याएर दोस्रो स्थानमा छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तादेवी पोखरेलले पाँच हजार ५१ मत ल्याएर तेस्रो स्थानमा छन्। माओवादी केन्द्रका उम्मेदवार ओनसरी घर्तीले चार हजार नौ सय २९ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए । कूल ५२ हजार नौ सय ५७ मत खसेको थियो । सो क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता रहेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।