कास्की–१ प्रतिनिधिसभातर्फ मनबहादुरको अग्रता कायमै


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार मनबहादुर गुरुङले अग्रता कायम राखेका छन्।

निर्वाचन आयोग कास्की कार्यालयकाअनुसार गुरुङले ८ हजार २६५ मत ल्याउँदै अग्रतालाई कायमै राखेका छन्।

निकटतम प्रतिद्वन्द्वी ५ दलीय साझा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोरदत्त बरालले ७ हजार ११६ मत ल्याएका छन्।

गुरुङ कास्की नेकपा एमाले कास्कीका जिल्ला अध्यक्ष र बराल नेपाली काँग्रेसका जिल्ला सभापति हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले २ हजार २११ मत ल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।