तनहुँ–१, प्रतिनिधिसभातर्फ काँग्रेसका वरिष्ठ नेता पौडेलको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो अग्रतालाई कायमै राखेका छन्।

निर्वाचन आयोग तनहुँ कार्यालयकाअनुसार ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलले ८ हजार ६७५ मतसहित अग्रता लिएका हुन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार एकबहादुर रानाले ७ हजार २३ मतले पौडेललाई पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल २ हजार ३९९ मतसहित तेस्रो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी १ हजार ७२९ मतसहित चौथो स्थानमा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।