लमजुङ जिल्लाबाट प्रतिनिधिसभातर्फ एमालेका पृथ्वीसुब्बा गुरुङले आफ्नो अग्रतालाई कायमै राखेका छन्।
निर्वाचन आयोग लमजुङ कार्यालयकाअनुसार नेकपा एमालेका उपमहासचिवसमेत रहेका गुरुङले ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का महाममन्त्री देवप्रसाद गुरुङलाई ८११ पछि पारेका छन्।
यसअघि, गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बाले १७ हजार ५६२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी देव गुरुङले १७ हजार ७५१ मत ल्याएका छन्।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी ३ हजार २२४ मतसहित तेस्रो स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ ५३४ मतसहित चौथो स्थानमा छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







