लमजुङ प्रदेशसभा (१) मा डा टकराजकै अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




लमजुङ जिल्लाबाट गण्डकी प्रदेशसभा (१) का लागि नेपाली काँग्रेसका डा टकराज गुरुङले अग्रता कायम राखेका छन्।

निर्वाचन आयोग लमजुङ कार्यालयकाअनुसार ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डा गुरुङले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जमिन्द्रमान घलेलाई १ हजार ७५० मतले पछि पार्दै आफ्नो अग्रतालाई कायमै राखेका छन्।

निर्वाचन आयोग लमजुङ कार्यालयको पछिल्लो अपडेटअनुसार डा टकराजले ६ हजार ११४ मत ल्याउँदा जमिन्द्रमानले ४ हजार ३६४ मत ल्याएका छन्।

मंगोल नेश्नल अर्गानाइजेसनका बृखबहादुर तामाङ २११ मतसहित तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा शाह ११२ मतसहित चौथो स्थानमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।