लमजुङ जिल्लाबाट गण्डकी प्रदेशसभा (२) का लागि नेकपा एमालेका कृष्णराज अधिकारीले अग्रता कायम राखेका छन्।
निर्वाचन आयोग लमजुङ कार्यालयकाअनुसार अधिकारीले निकटतम प्रतिद्वन्द्वी ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेस उम्मेदवार भेषबहादुर पौडेललाई १ हजार ३४३ मतले पछि पार्दै अग्रता लिएका छन्।
निर्वाचन आयोग लमजुङ कार्यालयको पछिल्लो अपडेटअनुसार अधिकारीले १० हजार ५१३ मत ल्याउँदा पौडेलले ९ हजार १७० मत ल्याएका छन्।
अधिकारी, नेकपा एमाले लमजुङको अध्यक्ष समेत हुन्।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङ ९०४ सहित तेस्रो र मंगोल नेशनल अर्गानाइजेसनका राज गुरुङ १८६ मतसहित चौथो स्थानमा छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







