गोरखा–१, प्रतिनिधिसभातर्फ काँग्रेसका बजगाई भारी मतान्तरले अगाडि


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ काँग्रेसका राजेन्द्र बजगाई भारी मतान्तरले अगाडि छन्।

निर्वाचन आयोग गोरखा कार्यालयकाअनुसार बजगाई निकटतम् प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतभन्दा ८ हजार ९६३ मतले अगाडि छन्।

निर्वाचन आयोग गोरखा कार्यालयको पछिल्लो अपडेटअनुसार ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका बजगाईले १६ हजार ७०७ मत ल्याएका छन्। प्रतिद्वन्द्वी बस्नेतले ७ हजार ७४४ मत प्राप्त गरेका छन्।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहा १ हजार ९११ मतसहित तेस्रो र मंगोल नेशनल अर्गानाइजेसनका देवबहादुर थापा ३३९ मतसहित चौथो स्थानमा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।