गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रदेशसभा (१) का लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कृष्ण धितालले अग्रता कायम राखेका छन्।
निर्वाचन आयोग गोरखा कार्यालयकाअनुसार ५ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका धितालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्रबहादुर थापालाई ८६० मतले अग्रता लिएका छन्।
निर्वाचन आयोग गोरखा कार्यालयको पछिल्लो अपडेटअनुसार धितालले २ हजार ९०४ मत ल्याउँदा थापाले २ हजार ४४ मत ल्याएका छन्।
त्यसैगरी, मंगोल नेशनल अर्गानाइजेसनका गंगाबहादुर राना २८४ मतसहित तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदिप ढकाल १९८ मतसहित चौथो स्थानमा छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







