गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रदेशसभा (२) का लागि नेपाली काँग्रेसका उम्मेदवार नन्दप्रसाद न्यौपानेले भारी मतान्तरसहित अग्रता कायम राखेका छन्।
निर्वाचन आयोग गोरखा कार्यालयकाअनुसार ५ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका न्यौपानेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद भट्टराईभन्दा ८ हजार ७३२ मतले अग्रता कायम राखेका छन्।
निर्वाचन आयोग गोरखा कार्यालयको पछिल्लो अपडेटअनुसार न्यौपानेले १६ हजार २६५ मत ल्याएका छन्। न्यौपाने, नेपाली काँग्रेस गोरखाका सभापति समेत हुन्। उनका निकटतम प्रतिद्वन्द्वी भट्टराईले ७ हजार ५३३ मत ल्याएका छन्।
त्यसैगरी, स्वतन्त्र उम्मेदवार डाकबहादुर पराजुली ३ हजार ६९४ मतसहित तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ अधिकारी ५३४ मतसहित चौथो स्थानमा छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







