पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर–१ म नेकपा एमालेका मनबहादुर गुरुङले गठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसका किशोरदत्त बराललाई ५४१ मतले लिड गरेका छन् ।
३१ हजार ४९२ मत गणना हुँदा एमालेका गुरुङले ११ हजार ७२२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बरालले ११ हजार १८१ मत ल्याएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले ४ हजार ७ सय ९०, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले १ हजार ६ सय २ , मंगोल नेशनल अर्गानाइजेसनका यज्ञबहादुर गुरुङले २१२, हाम्रो नेपाली पार्टीका प्रमोद आचार्यले २२९ र जनता समाजवादी पार्टी नेपालकी शमिला नेपाली मगरातीले १४४ मत ल्याएका छन् ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी समाजवादीकी टुकबहादुर सिंजालीले २९, एकीकृत शक्ति नेपालकी सबिना बेगमले ७९, आमुल परिवर्तन मसिहा पार्टी नेपालका शिवप्रसाद अधिकारीले ३७ मत ल्याएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







