पोखरा । प्रतिनिधिसभा अन्तर्गत कास्की–१(२) मा नेकपा (एमाले)का उम्मेदवार वेदबहादुर गुरुङ विजयी भएका छन् ।
पोखरा–१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा आज सम्पन्न मतगणनामा एमालेका गुरुङले १२ हजार छ सय ६१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गुरुङले ११ हजार सात सय ९४ मत ल्याए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महेन्द्रबहादुर कार्कीले तीन हजार छ सय ५६ र हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले एक हजार पाँच सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका ख्यामबहादुर गुरुङले चार सय ५८, जनता समाजवादी पार्टीका हर्कबहादुर गुरुङले तीन सय ६२, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका गौमती गुरुङले एक सय एक मत ल्याएका छन् ।
सो क्षेत्रको प्रतिनिधिसभाको मतगणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा (एमाले)का मनबहादुर गुरुङ अग्रता बनाउनुभएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







