फाइल तस्विर : प्रकाश बराल ,प्रदेशसभा सदस्य
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्वर ३ (ख) मा पाँच दलिय गठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसका प्रकाश बरालले नेकपा एमालेका राजिव पहारीलाई अग्रता लिएका छन् ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार बरालले एमालेका पहारीलाई १६५ मतान्तरले अग्रता लिएका हुन् ।
बरालले १ हजार १७२ मत ल्याउँदा पहारीले १ हजार ७ मत ल्याएका छन् । यस्तै राप्रपाका हरिराम भण्डारीले ३५५, जनता समाजवादी पार्टी नेपालका गोरे दमैले १४, नेकपा माओवादी समाजवादीका रामवृक्ष धोवी रजकले ७ र मंगोल नेश्नल अर्गानाइजेसनका मनतोष घलेले ६ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







