कास्की–२ मा एमालेकी भट्टराईको २६९३ अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




पोखरा । कास्कीको निर्वाचन क्षेत्र नम्बर–२ मा एमालेकी विद्या भट्टराई अधिकारीले अग्रता कायम गरेकी छन् । भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेललाई २ हजार ६९३ मतले पछि पार्दै अग्रता लिएकी हुन् ।

भट्टराईले हालसम्म १३ हजार १०१ मत प्राप्त गरेकी छन् भने कँडेलले १० हजार ४०८ मत ल्याएर पछ्याई रहेका छन् ।

त्यस्तै, गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले ७ हजार ७६७, राप्रपाका सुवर्णराज पन्तले ३ हजार २७९ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेद्वार महादेव गुरुङले १ हजार १५८, ऋगेन्द्र गिरीले ७७६, हाम्रो नेपाली पार्टीकी शिरिष गुरुङले ५६३, मंगोल नेशनल अर्गानाइजेशनका ज्ञानराज गुरुङले २२९, जनता समाजवादी पार्टी नेपालकी बुद्धिकुमारी गुरुङले २२३, जनमत पार्टीका महेन्द्र शर्माले ११२ मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।