कास्की–१, प्रदेशसभा (१) मा खगराज अगाडि


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित




कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) मा एमाले उम्मेदवार खगराज अधिकारी अगाडि छन्।

निर्वाचन आयोग कास्की कार्यालयकाअनुसार अधिकारीले निकटतम प्रतिद्वन्द्वी नेकपा –माओवादी केन्द्र) का दीपक कोइरालामाथि ३१४ मतले अग्रता लिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार खगराजले १ हजार २८३ मत ल्याएका छन् भने दीपकले ९६९ मत ल्याएका छन्।

हाम्रो नेपाली पार्टीका मनबहादुर केसी २३५ मतसहित तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापा १०९ मतसहित चौथो स्थानमा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।