पर्वत । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा ९एमाले०ले विजयी हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित हुनुभएको छ ।
साथै, दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी भएका हुन् ।
कार्यालयका अनुसार प्रतिनिधिसभामा गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई दुई हजार दुई सय ६३ मतान्तरले पछाडि पार्दै विजयी भएका हुन् । गिरीले २९ हजार आठ सय ७२ मत प्राप्त गर्नुभएको छ । जोशीले २७ हजार छ सय नौ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा १ मा एमालेका भक्त कुँवरले नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार सुदीप कुँवरलाई पराजित गरे। कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी ा माओवादी केन्द्रका उम्मेदवार कुँवरले १३ हजार सात सय ४२ मत प्राप्त गरे।
प्रदेशसभा २ मा एमाले उम्मेदवार मित्रलाल बस्यालले १४ हजार एक सय ३२ मत ल्याई विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार दुई सय १० मत प्राप्त गरे ।
जिल्लाका ६१ वडामा ६६ हजार दुई सय २६ मत खसेको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







