पोखरा, मंसिर ८
कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका मनबहादुर गुरुङको अग्रता कायमै रहेको छ । हेभिवेट भिडन्त भएको यस क्षेत्रमा एमालेका गुरुङ नेपाली कांग्रेसका किशोरदत्त बराल भन्दा १ हजार ४ सय २९ मतान्तरले अगाडि छन् । गुरुङले १७ हजार ६ सय २९ मत प्राप्त गर्दै अग्रता बनाउँदा बरालले १६ हजार २ सय मत प्राप्त गर्दै पछ्याईरहेका छन् ।
गुरुङ नेकपा एमाले कास्कीका सभापति हुन् । उनी यसअघि कास्की–१ को (२)बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य हुन् । बराल नेपाली कांग्रेस कास्कीका सभापति हुन् ।
त्यस्तै, हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले ६ हजार ४ सय ७१, राप्रपाका सूर्यबहादुर गुरुङले १ हजार ९ सय ४५, हाम्रोनेपाल पार्टीका प्रमोद आचार्यले ५ सय ३२, मंगोल नेसनल अर्गनाईजेसनका यज्ञबहादुर गुरुङले २ सय ७६, जसपाकी शमिला नेपाली मगरातीले १ सय ९३, एकीकृत शक्ति नेपालकी सविना वेगमले ८७, स्वतन्त्र उम्मेदवार सौगात जिसीले ६८, आमूल परिवर्तन मसिहा पार्टीका शिवप्रसाद अधिकारीले ५४, नेकपा माओवादी समाजवादीका टुकबहादुर सिञ्जालीले ३२, राष्ट्रिय जनमुक्ति पार्टीका सीता श्रीस मगरले १५, नेमकिपाका राजेन्द्र माकले ८ र स्वतन्त्र उम्मेदवार दिलबहादुर रानाले १ मत प्राप्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







