कास्की–१ प्रदेशसभा (१) मा खगराजकै अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित




कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) मा एमालेका खगराज अधिकारीले अग्रता लिएका छन्।

नतिजामा अधिकारीले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दीपक कोइरालामाथि ३ हजार ३८४ को मतान्तरले अग्रता लिएका छन्।

निर्वाचन आयोग कार्यालय कास्कीले भर्खरमात्रै अपडेट गरेको नतिजाअनुसार अधिकारीले १३ हजार ६९८ र कोइरालाले १० हजार ३१४ मत ल्याएका छन्।

हाम्रो नेपाल पार्टीका मदनबहादुर केसीले ३ हजार ९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापाले २ हजार ९१२ मत ल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।