पोखरा । कास्कीमा एमालेले फेरी एक पटक आफू बलियो बनेको सन्देश दिएको छ । कुनै बेलाको लालकिल्ला रहेको कास्की जिल्लामा यसपटक गठबन्धनका कारण एमालेको उपस्थिति कमजोर बन्ने अनुमान गरिएको थियो । स्थानिय तहको निर्वाचनमा कास्कीका ५ पालिका मध्ये २ पालिका प्रमुख तथा पोखराका ३३ वडामध्ये ११ वटा वडामात्रै जितेको एमाले कमजोर बनेको विश्लेषण गरिएको थियो । तर एमालेले फेरी एक पटक आफू कमजोर नरहेको जनमतबाट पुष्टि गरेको छ ।
एमालेले कास्कीमा प्रतिनिधि सभाका ३ वटै क्षेत्र जितेको छ । तीन निर्वाचन क्षेत्र गठबन्धनका कांग्रेस, माओवादी र नेकपा एसलाई एक÷एक वटा बाँढेपनि गठबन्धनका कुनैपनि दलले जित्न सकेनन् । त्यस्तै प्रदेशका ६ क्षेत्र मध्ये एमालेले ४ वटा क्षेत्र जितेको छ । बाँकी २ वटा प्रदेशका क्षेत्र जितेर कांग्रेसले बिउ जोगाएको छ । माओवादी र नेकपा एस भने एउटापनि क्षेत्र नजितेर निल बनेको छ ।
कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका मनबहादुर गुरुङ बिजयी भए । उनले नेपाली कांग्रेसका किशोरदक्त बराललाई २ हजार ६ सय ९ मतान्तरले पराजित गरे । बिजयी गुरुङले २५ हजार ७ सय ९८ मत प्राप्त गरे । पराजित बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरे ।
कास्की–२ मा एमालेकी विद्या भट्टराई अधिकारी बिजयी भईन् । भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतान्तरले पराजित गर्दै दोश्रो जित चुमेकी हुन् । विद्या १६ हजार ९ सय ९८ मत प्राप्त गर्दै बिजयी हुँदा प्रतिस्पर्धी कँडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गरे । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत ल्याए ।
कास्की–३ मा एमालेका दामोदर पौडेल बैरागी बिजयी भए । बैरागीले माओवादीका रामजीप्रसाद बराललाई ५ हजार ४ सय ४५ मतान्तरले पराजित गरे । बिजयी बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गर्दा पराजित बरालले १७ हजार ४ सय ३५ मत प्राप्त गरे ।
त्यस्तै, कास्कीमा प्रदेश सभाका ६ निर्वाचन क्षेत्र मध्ये ४ क्षेत्रमा एमालेले जितेको छ । कास्की–१ (१) मा एमालेका खगराज अधिकारी बिजयी बने । उनले गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार दीपक कोईरालालाई ३ हजार ९ सय ९६ मतान्तरले पराजित गरे । बिजयी अधिकारीले १५ हजार ६ सय २३ मत प्राप्त गर्दा पराजित कोईरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरे ।
कास्की–१ (२)मा एमालेका बेदबहादुर गुरुङ बिजयी भए । उनले कांग्रेसका दीपक गुरुङलाई ८ सय ६७ मतान्तरले पराजित गरे । बिजयी बेदबहादुरले १२ हजार ६ सय ६१ मत प्राप्त गर्दा पराजित दीपकले ११ हजार ७ सय ९४ मत प्राप्त गरे ।
कास्की–२ (१) मा एमालेका भीमबहादुर कार्की बिजयी भए । उनले राप्रपाका बिजयबहादुर भण्डारीलाई ४ हजार ६ सय ३८ मतान्तरले पराजित गरे । बिजयी कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा पराजित भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरे । माओवादीका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० मत प्राप्त गरे ।
कास्की–२ (२) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा बिजयी भए । यसअघि वाम गठबन्धन हुँदा २०७४ को निर्वाचनमा पनि जितेर कांग्रेसको बिऊ जोगाएका उनले यसपटकपनि जितेर कास्की कांग्रेसको ईज्जत जोगाएका छन् । उनले एमालेकी मीना गुरुङलाई १ हजार ३ सय ९ मतान्तरले पराजित गरे । बिजयी थापाले ९ हजार २ सय ८० मत प्राप्त गर्दा पराजित गुरुङले ७ हजार ९ सय ७१ मत प्राप्त गरिन् ।
कास्की–३ (१) मा नेकपा एमालेका गणेशमान गुरुङ बिजयी भए । उनले माओवादीका दुर्गादत्त भण्डारीलाई ४ हजार ८ सय ११ मतान्तरले पराजित गरे । बिजयी गुरुङले १४ हजार ४ सय ७३ मत प्राप्त गर्दा पराजित भण्डारीले ९ हजार ६ सय ६२ मत प्राप्त गरे ।
कास्की–३ (२) मा नेपाली कांग्रेसका प्रकाश बराल बिजयी भए । उनले एमालेका राजिव पहारीलाई ४ सय ६५ मतान्तरले पराजित गरे । बिजयी बरालले १२ हजार ३ सय ६७ मत प्राप्त गर्दा पराजित पहारीले ११ हजार ९ सय २ मत प्राप्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







