राधाकृष्ण मन्दिर शान्ति आश्रमको अध्यक्षमा पुन: उपाध्याय


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित




राधाकृष्ण मन्दिर शान्ति आश्रमको अध्यक्षमा पुन: मुकुन्दशरण उपाध्याय निर्वाचित भएका छन्।

आश्रमको छैटौं अधिवेशनले मुकुन्दशरण उपाध्यायलाई पुन: अध्यक्षको जिम्मेवारी दिएको हो।

समितिको सह–अध्यक्षमा गणेशबहादुर खत्री, उपाध्यक्षमा हरिभक्त सिग्देल, सचिवमा घनश्याम खनाल, सहसचिवमा तीर्थराज ढकाल, कोषाध्यषमा रामचन्द्र सिग्देल छन्।

त्यस्तै, सदस्यहरूमा माधवशरण उपाध्याय, हरिराज घिमिरे, कृष्णप्रसाद खनाल, केशवराज पौडेल, मोहनकुमार प्रधान छन्।

समितिको पदेन सदस्यमा राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगल र राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मी छन्।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का ‘विखर्ची’ले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा बोल्दै कुलपति ‘विखर्ची’ले राधाकृष्ण मन्दिर तथा शान्ति आश्रमको संचालनका लागि प्रतिष्ठानका तर्फबाट वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्ने विश्वास व्यक्त गरे।

राधाकृष्ण मन्दिर शान्ति आश्रमका अध्यक्ष मुकुन्दशरण उपाध्यायले सबैको साथ र सहयोगमा राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गीण विकास गर्नुपर्ने आवश्यकता औंल्याए।

सह–अध्यक्ष गणेशबहादुर खत्रीले राजमार्गबाट राधाकृष्ण मन्दिरसम्म जाने–आउने बाटोलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

पोखरा–३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्की, वडा सदस्य सावित्री पण्डित, गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, भगवती पन्तलगायतले यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए।

उक्त अवसरमा राधाकृष्ण मन्दिर शान्ति आश्रममा विशिष्ट योगदान पुर्‍याएको भन्दै मनोहरी भण्डारीलाई सम्मान गरिएको थियो।

सचिव घनश्याम खनालले कार्यक्रम संचालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।