पोखरा । पोखरा लेडी जेसीजको अध्यक्षमा लक्ष्मी कुँवर थापा (लता) सर्वसम्मत चयन भएकी छन् ।
संस्थाको हालै सम्पन्न २९ औैं शाखा अधिवेशनले कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको कार्यकारिणी उपाध्यक्षमा प्रमिला सुवेदी, उपाध्यक्षमा सकुन पौडेल, गिता ढुङ्गाना, रचना अधिकारी र दिपा भण्डारी चयन हुँदा सचिवमा अनिता खड्का, सहसचिवमा सरस्वती थापा (सरु), कोषाध्यक्षमा सम्झना थापा क्षेत्री र कानुनी सल्लाहकार गायत्री फुयाल चयन भएका छन् ।
यस्तै संस्थाको निर्देशकमा विनिता केसी, रेजिना कटुवाल, सगुन पौडेल, करुणा पाण्डे चयन भएको संस्थाका सचिव अनिता खड्काले जानकारी दिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







