पर्वतमा समानुपातिक प्रणालीतर्फ नेकपा एमाले पहिलो दल बनेको छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लाभर खसेको मतमध्ये सबैभन्दा धेरै मत नेकपा एमालेले पाएको छ।
दोस्रोमा नेपाली काँग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले मत पाएको छ।
पर्वतमा समानुपातिकतर्फ खसेका ६७ हजार ६ सय १६ मतमध्ये नेकपा एमालेलाई २५ हजार ३ सय १४ मत, कांग्रेसले १८ हजार ८ सय १७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ हजार ६ सय ७९ र माओवादी केन्द्रले ७ हजार ३६ मत प्राप्त गरेको छ।
त्यसैगरी, राप्रपाले १ हजार ६ सय ९९, नेकपा एकीकृत समाजवादीले ८ सय ६१ र राष्ट्रिय जनमोर्चाले १ सय ९९ मत पाएको छ। अन्य साना दलहरूले पाएको मत भने तुलनात्मक रूपमा न्यून छ।
प्रदेशसभा सदस्यको समानुपातिकतर्फको निर्वाचनमा पनि एमाले नै पहिलो दल बनेको छ। प्रदेशसभाको समानुपातिक प्रणालीको निर्वाचनमा खसेका ६२ हजार ७ सय ६५ मतमध्ये नेकपा एमालेले २७ हजार ५ सय २७, कांग्रेसले २१ हजार ९ सय ४७ माोवादी केन्द्रले ६ हजार ४ सय ७३, राप्रपाले २ हजार १ सय ६७ र नेकपा एकीकृत समाजवादीले २ हजार २५ मत पाएका छन्। राष्ट्रिय जनमोर्चाले ३ सय ३ मत र जनमत पार्टीले २ सय २४ मत पाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





