बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार दीर्णकुमार कुवँर निर्वाचित भएका छन्।
वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कुँवरले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मण पुन मगरलाई ३ हजार ७४१ को मतान्तरले हराउँदै निर्वाचित भएका हुन्।
मत गणनाको पछिल्लो नतिजाअनुसार कुँवरले १२ हजार ४२१ मत प्राप्त गरेका छन्।
त्यस्तै लक्ष्मण पुनमगरले ८ हजार ६८० मत ल्याएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले ३४१ मत प्राप्त गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





