बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराम सुबेदी निर्वाचित भएका छन्।
वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका सुवेदीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार नवराज पौडेललाई ६ हजार १२० मतान्तरले हराउँदै निर्वाचित भएका हुन्।
मत गणनाको पछिल्लो नतिजामा सुवेदीले १३ हजार ३७९ मत प्राप्त गरेका छन्।
त्यस्तै पौडेलले ७ हजार २५९ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार गोविन्द सापकोटाले ६३० र मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार सहवीर थापाले २५५ मत ल्याएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







