पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ।
समूह ‘एच’ अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा सोमबार राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो।
लगातार दोस्रो जित निकालेको पोर्चुगल एक खेल अगावै नकआउट चरणमा पुगेको हो। यसअघि, पहिलो खेलमा पोर्चुगलले घानालाई ३–२ गोलले पराजित गरेको थियो।
पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेसले दुवै गोल गरे। दुवै गोल दोस्रो हाफमा गरेको पोर्चुगलका लागि ब्रुनोले ५४ औं मिनेटमा राफायल गुरेइरोको पासमा खाता खोलेका थिए।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै टोलीलाई सजिलै जिताए। उरुग्वेका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि पोर्चुगलले भीएआरको सहायतामा पेनाल्टी पाएको थियो।
यता पहिलो हाफमा राम्रा अवसर गुमाएको उरुग्वे दोस्रो हाफमा निरास बन्यो। जितसँगै ६ अंक बनाएको पोर्चुगल शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको घानाको ३ अंक छ।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







