काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीमाथि बल प्रयोग गरेर हटाउन खोजेकामा विरोध गरेका हुन् । उनले सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगका माध्यमबाट समस्याको समाधान गरेर लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न र गरिबलाई राहत दिन माग गरे ।
अध्यक्ष ओलीले मङ्सिर ४ गते भएको निर्वाचनमा सत्ता पक्षबाट बुथ कब्जा र कर्मचारीको दुरुपयोगका घटना भएकाले आफ्नो पार्टीले सोचे जति मत ल्याउन नसकेको बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







