उदयपुर–१ बाट प्रतिनिधिसभामा परराष्ट्रमन्त्री डा खड्का निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित




उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री डा नारायण खड्का निर्वाचित बनेका छन्।

नेपाली काँग्रेसका उम्मेदवार डा खड्काले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार मञ्जुकुमारी चौधरीलाई २ हजार ३७९ को मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

मत गणनाको अन्तिम नतिजाअनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका डा खड्काले ३१ हजार २७० मत पाएका छन्। त्यस्तै, डा. खड्काका निकटतम प्रतिद्वन्द्वी मञ्जुकुमारीले २८ हजार ८९१ मत पाएकी छिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।