नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० गोलले हराउँदै नकआउट चरणमा स्थान बनाएको हो।
समूह ‘ए’ बाट जितसँगै नेदरल्यान्ड्स समूह विजेता र सेनेगल उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन्। आयोजक कतारको टोली एउटै खेल नजिती प्रतियोगिताबाट बाहिरिएको छ।
अल बायट स्टेडिममा भएको खेलमा नेदरल्यान्ड्सलाई जिताउन कोडी गाक्पो र फ्रान्की डे जोङ गोल गरे। गोक्पोले २६ औं मिनेटमा वान भर्सेस वानमा गोल गरे। त्यसपछि, फ्रान्क डे जोङले ४९ औं मिनेटमा कतारका रक्षकको गल्तीको फाइदा उठाउँदै गोल गरे। खेल अवधिभर नेदरल्यान्ड्सको दबाब झेलेको कतारले कुनै गोल फर्काउन सकेन।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







