इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।
समूह ‘बी’ अन्तर्गत मंगलबार भएको समूह चरणको निर्णायक खेलमा जित निकाल्दै समूह इंग्ल्यान्डले नकआउट चरणमा प्रवेश गरेको हो।
कतारको अल अहमेद बिन अली रंगशालामा भएको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो।
इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्डले २ र फिल फोडेनले १ गोल गरे। खेलको ५० औं मिनेटमा रासफोर्डले इंग्ल्यान्डलाई अग्रता दिलाए। त्यसको अर्को मिनेटमा फोडेनले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे। रासफोर्डले नै खेलको ६८ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै जित सुनिश्चत गरे।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







