फिफा विश्वकप: अमेरिका नकआउट चरणमा प्रवेश


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित




अमेरिकाले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ।

समूह ‘बी’ अन्तर्गत अल थुमामा रंगशालामा मंगलबार भएको समूह चरणको खेलमा इरानलाई १–० ले हराउँदै अमेरिका नकआउट चरण प्रवेश गरेको हो।

अमेरिकालाई जित दिलाउन ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे।

समूह ‘बी’ बाट इंग्ल्यान्ड विजेताको रुपमा र अमेरिका उपविजेताको रुपमा अन्तिम–१६ मा प्रवेश गरेका हुन्।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।