माओवादी अध्यक्ष प्रचण्ड पूर्वसभामुख सापकोटा सहित सुकुटेमा


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे गएका छन् ।

पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे जाने गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटासँगै दाहाल सुकुटे पुगेका हुन् ।

सुकुटेमा अध्यक्ष दाहालले ¥याफ्टिङसमेत गरेका छन् । निकट स्रोतका अनुसार दाहाल, सभामुख सापकोटालगायत आज सुकुटेस्थित सुकुटे बीचमा बस्नेछन् ।

काठमाडौँबाट करिब दुई घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै चर्चित छ । सुकुटे बसाइ आन्तरिक तथा बाह्य पर्यटकका लागि तुलनात्मकरूपमा सस्तोसमेत रहेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।