आज अंग्रेजी महिना डिसेम्बरको पहिलो तारिक। अर्थात, डिसेम्बरको १ तारिक विश्व एड्स दिवस।
आजको दिन विभिन्न कार्यक्रम गरी विश्वभर यो दिवस मनाइँदैछ।
एचआइभी र एड्ससम्वन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागी बिश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्यले जनचेतना जगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो।
विश्व एड्स दिवसको अवसरमा युएनएड्सले यस वर्ष भ्त्रगबष्शिभ अर्थात ‘समानता’ तय गरिएको छ।
एड्सको महामारीलाई अन्त हुन नदिने असमानताहरूलाई अन्त गर्ने उद्देश्यसहित यो नारा तय गरिएको हो। विश्व एड्स दिवस, १ डिसेम्बरमा युएनएड्सले हामी सबैलाई असमानताहरूलाई सम्बोधन गर्दै एड्सलाई रोक्न आग्रह गरेको हो।
सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमित फेला परे थियो। विश्वमा हाल करिब ८ करोडको हाराहारीमा एचआईभी संक्रमित भइसकेका छन्। एड्सका कारण हालसम्म ३ करोड व्यक्तिको मृत्यु भइसकेको छ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार ३ सय भन्दा बढी रहेको अनुमान गरिएको छ।
त्यसमध्ये करिब १० हजार संक्रमितहरु खुल्न सकेका छैनन्। नेपालमा ठूलो संख्यामा संक्रमितहरु लुकेर बस्दै आएका छन्।
नेपालले सन् २०३० सम्ममा एचआइभी एड्सको महामारीलाई पूरै शून्यमा झाने लक्ष लिएको छ।
नेपालमा एड्स सम्वन्धि उपचारका लागि देशका विभिन्न स्थानमा ५० भन्दा बढी केन्द्रहरु स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलव्ध गराउँदै आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






