दोलखाका १० वटा मतदान केन्द्रमा आज (बिहीबार) पुन: मतदान हुने भएको छ। बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुन: हुन लागेको हो।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि संपूर्ण तयारी पूरा भएको छ।
मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ। १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता छन्।
आयोगको मंसीर ११ गतेको बैठकले यी क्षेत्रमा पुन: मतदानको निर्णय गरेको थियो।
दोलखाको वैतेश्वर गाउँपालिका–६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका–२ जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’, वैतेश्वर गाउँपालिका–३ कालीढुंगा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा मतदान हुँदैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





