सुनसरी–४ मा कुसियैत अघिअघि, कार्की पछिपछि


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०७९ मा प्रकाशित




सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं ४ को मत गणनामा नेकपा एमालेका जगदीशप्रसाद कुसियैत नै अगाडि छन्।

कुसियैत नेपाली काँग्रेसका उम्मेदवार सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्र कार्की भन्दा २७ मतको झिनो मतान्तरले अघि छन्।

मत गणनाको पछिल्लो अपडेटअनुसार कुसियैतले २९ हजार ९६६ मत प्राप्त गरेका छन् भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका कार्कीले २९ हजार ९३९ मत ल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।