पोखरा । नवपुरको राइकोटमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
जिल्लाको दलदले बजारबाट डेडगाउँतर्फ जाँदै गरेको ग ०४००१ च ०००६ नम्वरको जिप दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ राइकोट नजिकैको भीरबाट खस्दा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा होमबहादुर राना, यामबहादुर ठाडा, मनसभा बराल र केशरी दराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुर पुर्वका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।
मृतक सबै बौदीकाली र बुलिंटार गाउँपालिकाका बासिन्दा रहेको प्रहरी प्रमुख तिवारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







