स्याङ्जा–२ मा धनराजलाई २ हजार ४१८ मतान्तरको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७९ मा प्रकाशित




स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रतालाई कायम राखेका छन्।

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका धनराजले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार पद्मा अर्याललाई २ हजार ४१८ मतान्तरले पछि पारेका छन्।

मत गणनाको पछिल्लो अपडेटअनुसार धनराजले ११ हजार ९२० मत प्राप्त गरेका छन् भने पद्मा अर्यालले ९ हजार ५०२ मत ल्याएकी छिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।