सुनसरी–४ बाट संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७९ मा प्रकाशित




सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं ४ बाट सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्।

नेपाली काँग्रेसका उम्मेदवार मन्त्री कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई ११२ को झिनो मतान्तरले हराउँदै निर्वाचित भए।

मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३७१ ल्याए।

कार्कीको जितसँगै प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसले प्रत्यक्षतर्फ ५५ सदस्य जितेको छ। दोस्रो स्थानमा रहेको नेकपा एमालेको ४४ सदस्य छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।